दोस्रो दिन पनि बढ्यो सुनको मूल्य-Sutra News

दोस्रो दिन पनि बढ्यो सुनको मूल्य

सोमबार, २६ फाल्गुन २०८१

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सुनको मूल्यमा बृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला एक सय रुपैयाँले बढेको सुनको मूल्य आइतबारको तुलनामा सोमबार पनि एक सय रुपैयाँले बढेको हो ।



मूल्य बढेसँगै सोमबार स्थानीय बजारमा सुनको मूल्य १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुनको भाउ निरन्तर बढिरहेको छ ।

सुनको भाउ बढिरहँदा चाँदीको मूल्य भने आज स्थिर छ । महासंघले जनाएअनुसार आइतबारकै तुलनामा आज चाँदीको किनबेच भइरहेको छ ।

आज स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँ छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश २९१० डलर रहेको छ । जुन अघिल्लो दिनको तुलनामा केहीले बृद्धि हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट