अनुमति नलिइ काठमाडौं आएका ७ जना भारतीय प्रहरीलाई फिर्ता पठाइयो-Sutra News

अनुमति नलिइ काठमाडौं आएका ७ जना भारतीय प्रहरीलाई फिर्ता पठाइयो

सोमबार, २६ फाल्गुन २०८१

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ७ जना भारतीय प्रहरीलाई पक्राउ गरेको छ । अनुमति नलिइ काठमाडौंमा आएका ७ भारतीय प्रहरीलाई ब्यूरोले ठमेलस्थित अलफ्ट होटलबाट पक्राउ गरेको हो ।



उनीहरु गत फागुन १२ देखि काठमाडौंमा रहँदै आएको खुलेको छ । ब्यूरोले उनीहरुलाई छानबिनपछि भारतीय दूतावासको जिम्मा लगाएको छ ।

अनुसन्धान ब्यूरोको स्रोतले जनाएअनुसार उनीहरुलाई हवाई मार्गमार्फत भारत फिर्ता पठाइएको छ ।

बनाइएअनुसार उनीहरु भारतको पन्जाबबाट आएका थिए । बताइएअनुसार उनीहरु एक जना भारतीय आरोपी खोज्दै काठमाडौं आइपुगेका थिए ।

यद्यपि, नेपाल प्रहरीको आधिकारिक विभागसँग समन्वय नगरेको भेटिएपछि ब्यूरोले नियन्त्रण लिइ दूतावासलाई बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट