

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास नगरी रोजगारी त्यतिकै आकाशबाट झर्नेवाला नरहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास बिना रोजगारी सिर्जना नहुने बताए। सरकारी जागिर सीमित रहेको तथा कहिले को रिटायर होला र खाली होला भन्ने स्थिति रहदा एउटा ठाउँ खाली हुँदैमा लोकसेवाले विज्ञापन ननिकाक्ले बताए ।
प्रत्येक वर्ष साढे चार लाख मानिस रोजगारीको खोजीमा श्रम बजारमा आउने उनले बताए ।