परराष्ट्रमन्त्री आरजु देउवा भारत प्रस्थान-Sutra News

परराष्ट्रमन्त्री आरजु देउवा भारत प्रस्थान

सोमबार, २६ फाल्गुन २०८१

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । राणा भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने छिन् ।



भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीको सहभागिता रहनेछ । कार्यक्रममा मन्त्री डा. राणाले सम्बोधन गर्ने छन् । उनी भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजा गर्न पनि जाने छिन् ।

राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट