लगातार छैटौँ दिन उच्च अंकले घट्यो सेयर बजार-Sutra News

लगातार छैटौँ दिन उच्च अंकले घट्यो सेयर बजार

सोमबार, २६ फाल्गुन २०८१

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजार घटेको छ । सोमबार २०.६८ अंकले घट्दै सेयर बजार २७५१.४२ को बिन्दुमा ओर्लिएको छ । समग्रमा सोमबार ०.७४ प्रतिशतले बजार घट्यो ।



बजार गत सोमबारदेखि नै लगातार ओरालोमा थियो । २८९० को बिन्दुबाट ओर्लिएको बजार पछिल्लो ६ कारोबार दिनकै बिचमा करिब १३९ अंकले घटेको छ ।

लगातार गिरावटका बिच बजारमा कारोबार रकम पनि घटेको छ । सोमबार १ करोड ५० लाख ९४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँमै सीमित बन्यो । जुन १६ कारोबार दिनयताकै कम हो ।

आज अन्य बाहेक सबै समूहका सूचक घटेका छन् । अन्यको सूचक ०.०८ प्रतिशतले बढ्दा बाँकी समूहका सूचक घटे । सोमबार सबैभन्दा बढी सामूहिक लगानीको सूचक ३.०६ प्रतिशतले घटेको छ ।

यस दिन कारोबारमा आएका १९१ कम्पनीको मूल्य घट्दा जम्मा ४४ कम्पनीको मूल्य बढ्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

लगातार बजार घट्दै गर्दा कारोबार रकममा पनि गिरावट आइरहेको छ । यसले लगानीकर्ताको मनोविज्ञान क्रमशः बिग्रँदै गएको देखाउँछ ।

विशेषगरी बदलिँदो राजनीतिक परिस्थितिको प्रभाव बजार परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट