७ महिनामा भित्रियो ९ खर्ब ५८ रेमिट्यान्स-Sutra News

७ महिनामा भित्रियो ९ खर्ब ५८ रेमिट्यान्स

सोमबार, २६ फाल्गुन २०८१

सोमबार, २६ फाल्गुन २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । राष्ट्र बैंकले माघसम्मको आर्थिक तथा वित्तीय स्थितिको सार्वजनिक गर्दै उक्त रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो ।



गत आर्थिक वर्ष २०८०/ ८१ को सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि रहेको राष्ट्र बैंकले बताएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको १ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६ रहेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४ सय ३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट