आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

मंगलबार, २७ फाल्गुन २०८१

मंगलबार, २७ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको २७ गते मंगलबार तदनुसार मार्च महीनाको ११ तारीख सन् २०२५, फाल्गुण शुक्ल पक्षको द्वादशी तिथी, आज बिहान ६ बजेर १७ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर ९ मिनेटमा अस्ताउने छ ।



मेष राशी: आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्ने तथा अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्ने समय रहनुका साथै अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मेहनतले आशा जगाउनुका साथै बुद्धिको उपयोगले केही काम सम्पन्न गर्न भने सकिनेछ।

बृष राशि: योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनुका साथै प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्ने तथा साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनुका साथै भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुने समय रहेको छ।

मीथुन राशि: नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय रहेको छ।

कर्कट राशि: अवसरका लागि केही दौडधुप गर्नुपर्ने तथा आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य हुनुका साथै उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि पर्नुका साथै आफन्तबाट टाढिनुपर्ने परिस्थिति आएपनि प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

सिंह राशि: आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्ने तथा सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य मिल्नुका साथै व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुने हुनाले रोकिएका काम बन्नुका साथै जिम्मेवारी समेत बढ्ने तथा आफ्ना लागि दिगो काम प्रारम्भ हुने समय रहेको छ।

कन्या राशि: प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय रहेकाले समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ। सामाजिक कार्यले हौसला प्रदान गर्नुका साथै भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोगले महत्त्वाकांक्षी काम बन्ने हुनाले प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

तुला राशी: चुनौतीभित्र अवसर खोज्ने समय रहेपनि नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अरूका लागि बुद्धि खर्च गर्नुपर्ने तथा आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सफल हुनुका साथै प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।

बृश्चिक राशि: प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने तथा स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ। टाढाको यात्रा अलि कष्टपूर्ण हुनुका साथै गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। न्यून उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ने समय रहनुका साथै विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला।

धनु राशि: ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन निकै मुस्किल पर्ने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ ।

मकर राशि: मेहनेतीहरूका लागि आजको समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनुका साथै द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने हुनाले चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुने तथा व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

कुम्भ राशि: अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल हुने समय रहेपनि धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ने हुनाले चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुने समय देखिन्छ।

र, मिन राशि: आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने समय देखिएकाले कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्ने तथा अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ भएपनि आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्ने समय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट