राप्रपाका कारण राजसंस्था गयो : दुर्गा प्रसाई-Sutra News

राप्रपाका कारण राजसंस्था गयो : दुर्गा प्रसाई

मंगलबार, २७ फाल्गुन २०८१

मंगलबार, २७ फाल्गुन २०८१

काठमाडौं । दुर्गा प्रसाईंले राजसंस्था अन्त्य हुनुको मुख्य कारण राप्रपा रहेको आरोप लगाएका छन् ।



मंगलबार पत्रकार सम्मेलन गर्दै राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी प्रसाईंले हिजो राप्रपाले फ्रड काम गरेकै कारण राजसंस्था गएको आरोप लगाएका हुन् । उनले हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले भएको भन्दै २०७२ असोज ४ मा कमल थापा र राजेन्द्र लिङ्देनले साइन नगरेको भए राजसंस्था तथा हिन्दु राज्य समाप्त नहुने बताए ।

प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले राप्रपाले गणतन्त्रको भोज खाएर राप्रपाले राजसंस्थाको रक्षा गर्न नसक्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट