संसदमा कुर्सी भाँचिएर लडिन् एमाले सांसद उर्मिला थेबे-Sutra News

संसदमा कुर्सी भाँचिएर लडिन् एमाले सांसद उर्मिला थेबे

मंगलबार, २७ फाल्गुन २०८१

मंगलबार, २७ फाल्गुन २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहँदा कुर्सी भाँचिएर सत्तारूढ नेकपा (एमाले)की सांसद उर्मिला थेबे लडेकी छिन् ।



उनी कुर्सी भाँचिएर लड्दा प्रतिनिधि सभाको बैठक केहीबेर प्रभावित बन्न पुगेको थियो ।

लडेकी थेबेलाई कुनै खालको चोटपटक भने लागेको छैन । एमाले सचेतक सुनिता बरालले जनाएअनुसार सांसद थेबे सामान्य अवस्थामा छिन् ।

थेबे लड्दा संसदमा कांग्रेस महामन्त्री गगन थापा बोलिरहेका थिए । जुन घटनापछि उनले केही बेर सम्बोधन स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट