थामिएन सेयर बजारको पहिरो-Sutra News

थामिएन सेयर बजारको पहिरो

मंगलबार, २७ फाल्गुन २०८१

मंगलबार, २७ फाल्गुन २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । लगातार ६ कारोबार दिनदेखि घटिरहेको नेप्सेमा मंगलबार ३२.२१ अंकले गिरावट आएको हो । मंगलबारको कारोबारसँगै नेप्से २७१९.२० को बिन्दुमा ओर्लिएको छ ।



उच्च अंकको गिरावटका बिच विकास बैंक बाहेक सबै समूहको सूचक राताम्मे बने । विकास बैंक समूहको सूचक १.९३ बढ्दा बाँकी सबैका सूचक घटे । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक २.४९ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २०९ कम्पनीको मूल्य घट्दा जम्मा ३२ कम्पनीको मूल्य बढेको छ । आज ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

नेप्से लगातार ओरालोमा रहँदा कारोबार रकम पनि क्रमशः सुस्ताउँदो छ । मंगलबार १ लाख ५५ हजार ५९ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा ८ अर्ब ३९ करोड रुपैयाँमै सीमित भयो ।

यसअघि सोमबार पनि सो बराबर नै कारोबार भएको थियो । जुन झण्डै तीन सातायताकै कम कारोबार हो ।

आज कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकलगायत शीर्ष स्थानमा रहे । हिमालय रिको मात्रै कारोबार रकम ५८ करोड ६५ लाख बराबरको भएको छ ।

निरन्तर गिरावटका बिच लगानीकर्ता निराश छन् । जसको प्रतिक्रिया कारोबार रकम र सूचकमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट