गोविन्द घिमिरे बने एनएमबी बैंकको सीईओ-Sutra News

गोविन्द घिमिरे बने एनएमबी बैंकको सीईओ

आइतबार, २५ फाल्गुन २०८१

आइतबार, २५ फाल्गुन २०८१

काठमाडाैं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेकाे हाे ।



घिमिरे लामाे समयदेखि एनएमबी बैंकमा वरिष्ठ नायब कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए । एक दशकभन्दा बढी समयदेखि एनएमबी बैंकमा आबद्ध घिमिरेलाई कर्जा बैंकिङमा विशेष अनुभव छ।

दुई कार्यकाल बिताएका सीईओ सुनील केसीको पदावधि यही फागुन मसान्तमा सकिँदै छ। तर, सञ्चालक समितिले ४२ दिन केसीको पदावधि थपेकाले नयाँ सीईओ घिमिरेले त्यसपछि मात्र कार्यभार सम्हाल्ने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट