

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा अध्ययनका लागी चिकित्सक तथा नर्सको कोटा थपिएको छ ।
चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबिच स्नातकोत्तर अध्ययन गर्न चिकिक्सक र नर्सका लागी कोटा थपबारे सम्झौता भएको हो । हाल एक सय २७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकोमा आवश्यक फ्याकल्टी थप गर्न दुई पक्षबिच सम्झौता भएपछि अब यो संख्या दुई सय ५० पुग्ने भएको छ ।
सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अध्यक्षताको न्याम्स कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो । मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्नका लागि स्नातकोत्तर कोटा बढ्ने गरी फ्याकल्टी थप गर्न भने पछि न्याम्सले थप गर्ने निर्णय गरेको थियो ।