विज्ञापनमा आकर्षक क्लासिक टेक, इन्टरनेट झुर !-Sutra News

विज्ञापनमा आकर्षक क्लासिक टेक, इन्टरनेट झुर !

मंगलबार, २७ फाल्गुन २०८१

मंगलबार, २७ फाल्गुन २०८१

काठमाडौं । क्लासिक टेकको इन्टरनेट प्रयोगकर्ता झण्डै दुई लाखको हाराहारीमा छन् । माघसम्मको तथ्यांकअनुसार क्लासिक टेकको इन्टरनेट प्रयोगकर्ता १ लाख ७४ हजार ५ सय छन् ।



प्रयोगकर्ताको संख्याको आधारमा क्लासिक टेक ठूलो कम्पनीअन्तर्गत पनि पर्दछ । तर, यति धेरै ग्राहक भएको क्यासिक टेकको ग्राहक सेवा भने निकै समस्याप्रदक छ । कम्पनीले ग्राहक सेवालाई आफ्नो प्राथमिकतामा नराखेको देखिन्छ ।

पछिल्लो समय कम्पनीलाई ग्राहकले सम्पर्क गर्नसमेत नसक्ने अवस्था छ ।

ग्राहक सेवामा ध्यान नदिएको कम्पनीले ग्राहक लक्षित टोल फ्रि नम्बर पनि बन्द गरेको छ भने ग्राहकका लागि दिइएको अन्य नम्बर पनि प्रतिनिधि नहुँदा उठ्ने अवस्था छैन । जसको कारण सामाजिक सञ्जालमा कम्पनीलक्षित कमेन्टहरु बग्रेल्ती देखिन्छन् ।

यद्यपि, कम्पनीमा ब्राण्ड एण्ड मार्केट अधिकृत रोजित भट्टराई कम्पनीको ग्राहक सेवा चुस्त र दुरुस्त रहेको दाबी गर्दछन् । कम्पनीले ग्राहकलाई मिस कलकै आधारमा पनि सेवा दिइरहेको उनको दाबी छ ।

विशेषगरी महानगरपालिका विभिन्न क्षेत्रमा सरसफाईका नाममा तारहरु काट्दा सेवामा समस्या भइरहेको भट्टराईको भनाई छ । “केही गुनासाहरु हुन सक्छन्, महानगरले सरसफाईको नाममा तार काट्दा कुनै ठाउँमा समस्या देखिएका छन्”, भट्टराई भन्छन्, “तर, ग्राहकलाई सेवा दिने सन्दर्भमा कुनै कसर बाँकी राखिएको छैन, कम्पनीले मिस कलकै आधारमा पनि फोन गरेर सेवा दिइरहेको छ ।”

भनाईअनुसार छैन इन्टरनेट सेवा

कम्पनीले विभिन्न प्याकेजमा इन्टरनेट बिक्रि गरिरहेको छ । कर्पोरेट, इन्टरप्राइज र होमबेस्ड प्लानअनुसार कम्पनीले इन्टरनेटको मूल्य फरक–फरक लिन्छ ।

तर, कम्पनीले विज्ञापनमा देखाएको जस्तो बण्डल दिने गर्दैन । भन्दा २४ सै घण्टा सेवा भनेपनि कम्पनी स्वयंले प्याकेजअनुसार सेवा फरक भएको स्वीकार गरेको छ ।

कम्पनीका ब्राण्ड एण्ड मार्केट अधिकृत भट्टराईका अनुसार कम्पनीले सामान्य ग्राहकलाई रेस्पोन्स टाइम १२ घण्टा तोकेको छ । “मूल्यअनुसार सेवा स्वभाविक फरक हुन्छ”, भट्टराई भन्छन्, “सामान्य ग्राहकलाई १२ घण्टा, इन्टरप्राइजेज ग्राहकलाई ६ घण्टा र जतिपनि कर्पोरेट ग्राहक छन् उनीलाई ४ घण्टा रेस्पोन्स टाइम तोकेका छौं ।”

स्पष्ट छ, सामान्य समस्या नै परेपनि सामान्य ग्राहकले १२ घण्टासम्म सहयोग पाउँदैनन् ।

एकातिर कम्पनीले लामो समयसम्म सहयोग गर्दैन भने अर्कोतिर कम्पनीको इन्टरनेटको गुणस्तर पनि उस्तै समस्या छ । कम्पनीले भनेअनुसार कुनै पनि प्याकेजको डाउनलोड र अपलोड स्पिड तोकिएअनुसारको छैन ।

तर, विज्ञापनमा आकर्षक छ क्लासिक टेक

क्लासिक टेकले ग्राहक सेवादेखि सामाजिक सञ्जालको जिम्मा आफैंले हेर्छ । कतिपय कम्पनीले ग्राहकको गुनासो सुन्न र सामाजिक सञ्जाल व्यवस्थापन गर्न दोस्रो कम्पनीलाई जिम्मा दिएपनि क्लासिक टेकको सन्दर्भमा त्यस्तो अवस्था छैन ।

कम्पनीले प्रत्येक घण्टामा फेसबुक अपेडट गरिरहेको हुन्छ । चर्चित कलाकारलाई पनि विज्ञापनमा शो गरेको छ । जसका आधारमा कम्पनीको सेवा आकर्षक देखिन्छ ।

तर, व्यवहारमा त्यस्तो छैन । प्राविधिक परीक्षण गरी हेर्दा १०० एमबीपिएस इन्टरनेटको डाउनलोड स्पीड १४ एमबीपीएस पनि छैन । अपलोड स्पीड ५ एमबीपीएस पनि छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट