

काठमाडौं । निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलले उनले दायर गरेको रिट जारी गरेका हुन् ।
मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश दिएपछि उनी चुनाव लडेकी थिइन् । सो मुद्दा सर्वोच्चले मंगलबार फैसला गरेको हो ।
कार्कीले यसअघि नै मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन् ।