

काठमाडौं । भारतको नयाँदिल्लीमा ट्रेड फेयर ‘आहार’ सम्पन्न भएको छ । शनिबार आयोजित उक्त ट्रेड फेयरमा नेपालबाट काबरा ग्रुपले क्वालिटी फुड एन्ड स्न्याक्स, क्वालिटी फुड्स नेपाल र क्वालिटी नुडल्स इन्डस्ट्रिजका उत्पादनहरूले सहभागिता जनाएको थियो ।
यी उद्योगका बिस्कुट, नुडल्सलगायत उत्पादन प्रदर्शनीमा राखिएको थियो । नेपाली उत्पादनप्रति प्रदर्शनमा आएका अवलोकनकर्ताले राम्रो प्रतिक्रिया दिएको उद्योगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै उक्त ट्रेड फेयरमा भारतीय व्यवसायीले प्रदेश र क्षेत्रगत सुपर, सोल र रिजनल वितरणकर्ताको प्रस्तावना पेस गरेका छन् । उक्त ट्रेड फेयरको सफलतापछि काबरा ग्रुपले आगामी वर्षमा दुई सय करोड रुपैयाँमाथिको निर्यात गर्ने लक्ष्य राखेको जनाएको छ ।