चैत १५ गते गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन गर्ने-Sutra News

चैत १५ गते गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन गर्ने

मंगलबार, २७ फाल्गुन २०८१

मंगलबार, २७ फाल्गुन २०८१

काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते विरोध सभा गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो ।



मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै चैत १५ गते नै उक्त कार्यक्रम तय भएको उनले जानकारी दिए ।

‘चैत्र २४ गते ऐतिहासिक कार्यक्रम गर्ने सोचेको थियो । आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ उनले भने ।

त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि उनले बताए । सोही दिन दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने कार्यक्रम राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट