आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

बुधबार, २८ फाल्गुन २०८१

बुधबार, २८ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको २८ गते बुधबार तदनुसार मार्च महीनाको १२ तारीख सन् २०२५, फाल्गुण शुक्ल पक्षको त्रयोदशी तिथी, आज बिहान ६ बजेर १६ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर १० मिनेटमा अस्ताउने छ ।



मेष राशी: आजको दिन शुभता बढ्नुका साथै सोचेका काममा सफलता पनि मिल्ने समय छ । आकस्मिक धनलाभ हुनाले दिन खुशीसाथ बित्नुका साथै परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिने तथा कामको चापबाट विश्राम मिल्ने तथा यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि: आजको दिन निकै रमाइलो रहनाले परिवारमा खुशिको माहोल छाउनुका साथै नयाँ ठाउँको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनाले हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धन पनि आर्जन हुन सक्ने तथा कर्मबल बढ्नुका साथै बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मीथुन राशि: स्वास्थ्यसम्बन्धी समस्या निम्तन सक्ने समय रहेको हुनाले खानपान तथा आचरणमा विशेष सावधानी अपनाउनुहोला । दैनिक प्रयोगको सामानले पनि धोका दिन सक्ने तथा खिन्नत बढाउने समााचार प्राप्त हुन सक्छ । तथापि, समस्याको समाधान प्राप्त हुनेछ भने शत्रुमाथि विजय प्राप्त हुने समय देखिन्छ।

कर्कट राशि: अर्काको काममा खटेपनि जश भने कमै मिल्ने खालको समय छ । सामाजिक मर्यादा अभिवृद्धि हुनुका साथै छर–छिमेकमा केही असमझदारी बढ्ने योग भएपनि खास हानी नपुग्ला । जोखिमका साथै दौडधुप वृद्धि हुने तथा मनोरन्जनात्मक काममा आकर्षण रहने योग रहेको छ।

सिंह राशि: धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय हुनुका साथै नयाँ काममा हात हाल्दा दीर्घकालिन लाभ मिल्ने तथा आरोग्यता र प्रेमभाव बढ्ला । यात्राको योग रहनुका साथै मित्रजनबाट सुख मिल्ने तथा रचनात्मक र कलात्मक काममा सफलता प्राप्त हुने समय रहेको देखिन्छ ।

कन्या राशि: आरोग्यता बढ्नुका साथै बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुने समय छ । आजको दिन काममा जाँगर लाग्नुका साथै मनमा खुशी मिल्नेछ भने आफन्तजनले पनि साथ दिने छन् । तथापि, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने समय रहेपनि समस्याको समाधान प्राप्त हुने समय रहेको छ ।

तुला राशी: आजको दिन ठूला व्यक्ति एवम् मित्रजनबाटै आलोचना हुने तथा बादविवाद हुने योग भएकोले सन्तुलित बोली र व्यवहारमा जोड दिनुहोला । चोटपटक लाग्ने सम्भावनालाई टार्न आज हातहतियारबाट जोगिने विशेष प्रयत्न गर्नु हितकर हुनेछ । आजका लागि योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि: व्यस्तता वृद्धि हुनुका साथै राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिने समय भएपनि काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा पनि केही अल्छीपन छाउने सम्भावना रहेकाले हानी नै नगरे पनि काममा बाधा दिनेहुनाले खासै प्रगति नभएपनि यसका बाबजुद धन आर्जन हुने समय रहेको देखिन्छ।

धनु राशि: आजको दिन तपाईले सोचेका महत्वपूर्ण काम पूरा हुने तथा पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । सामाजिक उत्तरदायित्व हासिल हुनाले दिन उत्साहजनक रहनुका साथै पराक्रम बढ्नेछ । आकस्मिक धन लाभ हुनाले तपाईको मन प्रफुल्लित रहनुका साथै दिर्घकालिन कामको जग बसाउने मौका रहेको छ।

मकर राशि: आर्थिक लाभ हुने दिन रहेकाले आम्दानिको नयाँ श्रोत फेला पर्ने तथा प्रतिष्ठित र ठूला व्यक्तिको विश्वास जित्न सकिने समय छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ तथा आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नाले तपाईका लागि आजको दिन निकै महत्वपूर्ण रहेको छ।

कुम्भ राशि: आजको दिन भाग्यले त्यत्ति साथ नदिने हुनाले विवाद बढ्ने, सामाजिक मर्यादामा बादल लाग्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । धनको नाश पनि हुने समय रहेकाले घरायसी चिन्ताले सताउन सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्नुका साथै आजको यात्रा कठिन भए पनि सफलता प्राप्त होला ।

र, मिन राशि: महत्वपूर्ण कार्यमा नजिकको नातेदारको समर्थन पाउने दिन रहेकाले व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् भने आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नुका साथै साझेदारीको काम बन्ने समय रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट