बढ्यो सुन–चाँदीको भाउ-Sutra News

बढ्यो सुन–चाँदीको भाउ

बुधबार, २८ फाल्गुन २०८१

बुधबार, २८ फाल्गुन २०८१

काठमाडाैं । स्थानीय बजार साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।



मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघले जनाएअनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँ पुगेकाे छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्य बढ्दा बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबारकाे तुलनामा प्रतिताेला ३० रूपैयाँले बढ्दै चाँदी प्रतिताेला २ हजार रूपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।

यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट