

काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपाललाई नामिबियाले १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १२५ रन बनाएको हो। नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रनको योगदान गरिन्।
ओपनर सुने विटम्यानले १५ र कायलीन एन ग्रिन ८ रनमा आउट भए। मर्सर्ली गोरासेस ४, सिल्विया शिहेपो १ र एडेल वान जिल शून्य रनमा आउट भइन्।
मेकेले मवातिले ५ रन र विल्का मवाती २० रनमा आउट भए। अर्रास्टा डायरगार्ड १६ रनमा नटआउट रहिन्।