कांग्रेस-एमालेका कारण निरंकुशतन्त्रले टाउको उठाउन खोज्यो : उपमहासचिव पुन-Sutra News

कांग्रेस-एमालेका कारण निरंकुशतन्त्रले टाउको उठाउन खोज्यो : उपमहासचिव पुन

बुधबार, २८ फाल्गुन २०८१

बुधबार, २८ फाल्गुन २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले बढाएको निराशाले अहिले पाएका अधिकारप्रति निरंकुशतन्त्रले प्रहार गर्न खोजेको बताएका छन् ।



मगर मुक्तिमोर्चाको छैठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले अहिले निरंकुश शक्ति पुरानो अधिकार फर्काउन उद्त रहेको र विदेशी शक्ति यहाँको विवादमा रमाइरहेको बताए ।

‘अहिलेका सबै परिवर्तनको सबै आधार माओवादी युद्ध नै हो,वंश परम्परा हटाएको, उत्पीडित जाती र वर्गको अधिकार दिलाएको हो, यो अधिकारप्रति धावा बोलिएकोछ, ठूला दलको गठबन्धनको गलत व्यवहारले निरंकुशतन्त्रले टाउको उठाउन खोजेको हो ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट