

काठमाडौं । काठमाडौं उपत्यकामा होलीलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
काठमाडौं उपत्यकामा होली मनाउनेहरु भेला भएका छन् । उनीहरु एकअर्कामा रंग, अबिर र पानी छ्याप्दै रमाइलो गरिरहेका छन् । होली मनाउन एक ठाउँबाट अर्को ठाउँमा आउ–जाउ गरिरहेका सवारी चालकहरुलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ पनि गरिरहेको छ ।
होली पर्वलाई व्यवस्थित र मर्यादित बनाउन ट्राफिक प्रहरीहरु खटिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा चेकिङ पोष्ट राखिएको छ ।
होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा प्रहरीले सीसीटीभी र ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।