अमेरिकाद्वारा युक्रेनलाई बन्द गरेको सैन्य सहायता फेरि सुरु-Sutra News

अमेरिकाद्वारा युक्रेनलाई बन्द गरेको सैन्य सहायता फेरि सुरु

बिहिबार, २९ फाल्गुन २०८१

बिहिबार, २९ फाल्गुन २०८१

अमेरिका । अमेरिकाले युक्रेनलाई बन्द गरेको सैन्य सहायता फेरि सुरु गरेको छ ।



पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुर्‍याउने काम पुनः सुरु भएको पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले बताएका हुन् । युक्रेनी सेनाले प्रयोग गर्ने स्टारलिङ्क उपग्रहले राम्रोसँग काम गरिरहेको पनि उनले बताए । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहासँगको वार्सामा भएको भेटपछि उनले यो बयान दिएका हुन् ।

पोल्याण्ड र युक्रेनको सीमा नजिकै रहेका जेसोव जसियोन्का विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रबाट हतियारको डेलिभरी अब पहिले जस्तै गतिमा भइरहेको सिकोस्र्कीले बताए । रुसको आक्रामकता अन्त्य गर्न दिइएको नयाँ प्रस्तावबाट पोल्याण्ड र युक्रेन दुवै खुसी रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट