

काठमाडौं । चार देशीय महिला टी २० सिरिजको आफ्नो पाचौं खेलमा नेपालले युगान्डाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालविरुद्ध घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी सिरिजमा नेपालले एक खेलमा जित र ३ खेलमा हार बेहोरेको छ । फाइनल खेल्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।