१७२ यात्रु बोकेको विमानमा अचानक आगलागी भएपछि…-Sutra News

१७२ यात्रु बोकेको विमानमा अचानक आगलागी भएपछि…

शुक्रबार, ३० फाल्गुन २०८१

शुक्रबार, ३० फाल्गुन २०८१

काठमाडाैं । अमेरिकाको डेनभरमा बिहीबार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भयाे । विमान विमानस्थलकाे पार्कमा राखिएकाे थियाे । उडान तयारीमा रहेकाे विमानमा अचानक आगलागी भएकाे थियाे ।



अचानक आगलागी हुँदा विमानमा रहेका यात्रुहरूबिच भागदाैड मच्चिएकाे थियाे । केही यात्रुहरू विमानकाे पखेटामा समेत चढेका थियाे ।

यद्दपि विमानमा सवार सबै यात्रुहरूलाई तत्कालै उद्धार गरियाे । एयरलाइन्सका प्रवक्ताले दुर्घटनामा कुनै पनि यात्रुलाई क्षति नभएको बताएका छन्।

उक्त विमानमा चालक दलका सदस्यसहित १७२ यात्रु थिए।

विमान कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ उडेको थियो।

घटनामा कुनै पनि मानवीय क्षति नभएपनि घटनाकाे दृश्य भने निकै त्रासदी जनाउने खालकाे छ । जसकाे भिडियाे यतिबेला सामाजिक सञ्जालमा चर्चा भइरहेकाे छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट