सुनको मूल्यमा नयाँ रेकर्ड, भन्सारदर घट्नुअघिभन्दा पनि ३५ सयले बढी-Sutra News

सुनको मूल्यमा नयाँ रेकर्ड, भन्सारदर घट्नुअघिभन्दा पनि ३५ सयले बढी

शुक्रबार, ३० फाल्गुन २०८१

शुक्रबार, ३० फाल्गुन २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ मा सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । शुक्रबारको मूल्य कात्तिक १५को भन्दा तीन हजार ५ सय रुपैयाँले बढी हो ।

यद्यपि, तत्कालिन समय भन्सारदर २० प्रतिशत थियो । तर, भन्सारदर २० प्रतिशतबाट १० प्रतिशतमा झरेपछि पनि मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा शुक्रबार चाँदीको मूल्यमा पनि उच्च बृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

मूल्य बढेसँगै शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश २९८४ डलर कायम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट