स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, ३ जनाले पाए ११ कित्ता-Sutra News

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, ३ जनाले पाए ११ कित्ता

शुक्रबार, ३० फाल्गुन २०८१

शुक्रबार, ३० फाल्गुन २०८१

काठमाडौं । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ।



लघुवित्तको धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज एफपीओ बाँडफाँट गरेको हो। बाँडफाँटमा १९ हजार ५ सय ७७ जनाले सेयर पाएका छन्।

जसमध्ये १९ हजार ५ सय ७४ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

उक्त एफपीओमा १७ लाख ८० हजार ४ सय ५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७ सय ५० कित्ताको लागि आवेदन दिएका थिए। जसमा २ हजार ६ सय ६४ जना आवेदकको आवेदन रद्द भएको थियो।

बाँकी रहेका १७ लाख ७७ हजार ७ सय ९३ जनाबाट १९ हजार ५ सय ७४ जनाले सेयर बाँडिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट