सरकारविरुद्ध नेकपा एसले गर्यो आन्दोलनको घोषणा-Sutra News

सरकारविरुद्ध नेकपा एसले गर्यो आन्दोलनको घोषणा

शुक्रबार, ३० फाल्गुन २०८१

शुक्रबार, ३० फाल्गुन २०८१

काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पत्रकार सम्मेलन गर्दै पार्टीले शुक्रबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।



राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

रोजगारी र सुशासनका लागि आन्दोलन भनेको नेकपा एसले देशको समस्या समाधान गर्नको लागि पार्टीले आन्दोलन शुरु गरेको उनले बताए ।

यस्तो छ आन्दोलनको कार्यक्रम :
-चैत्र १ गते पत्रकार सम्मेलन
-चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल
-चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका सङ्घ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव सङ्कलन
-चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने
-चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन
-बैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने
-बैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन
-बैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने
-बैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट