समाजवादी मोर्चाको बैठकमा किन गएनन् माधव नेपाल ?-Sutra News

समाजवादी मोर्चाको बैठकमा किन गएनन् माधव नेपाल ?

शुक्रबार, ३० फाल्गुन २०८१

शुक्रबार, ३० फाल्गुन २०८१

काठमाडौं । आज बसेको समाजवादी मोर्चाको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल सहभागी भएनन्।



नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान साढे ८ बजेदेखि झन्डै डेढ घन्टा मोर्चोको बैठकमा उनी थिएनन्। मोर्चाको पूर्व संयोजक समेत रहेका अध्यक्ष नेपाल आफू उपस्थित नभए पनि बैठकमा उनको दलका तर्फबाट अन्य नेत्रा भने सहभागी थिए।

नेकपा (एकीकृत समाजवादी)बाट वरिष्ठ नेता प्रमेश हमाल र महासचिव घनश्याम भूसाल उपस्थित हुँदा अध्यक्ष नेपाल बैठकमा सहभागी नहुनुको कारण उनको स्वास्थ्यमा समस्या भएको बताइएको छ।

बैठकमा सहभागी भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले अध्यक्ष नेपाल बिरामी भएका कारण बैठकमा उपस्थित नभएको बताए।

यता, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मोहन गौतमले पनि स्वास्थ्य असहज भएका कारण बैठकमा उपस्थित नभएको उल्लेख गर्दै भने, ‘स्वास्थ्यमा सामान्य अहसज भएर घरमै आराम गरिराख्नुभएको छ।’

बैठकमा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरूङ उपस्थित थिए।

नेपाल कम्युनिस्ट पार्टीबाट महासचिव नेत्रिविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता ‘प्रकाण्ड’ र नेता उमा भूजेल उपस्थित थिए।

नेपाल समाजवादी पार्टी (नेसपा)बाट अध्यक्ष महिन्द्र राय यादव र उपाध्यक्ष गंगानारायण श्रेष्ठ सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट