साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन-Sutra News

साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन

शुक्रबार, ३० फाल्गुन २०८१

शुक्रबार, ३० फाल्गुन २०८१

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो।



क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् । उनी भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका र त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् ।

क्षेत्रीलाई वर्ष २०७८ मा भारत सरकारले नागरिकलाई प्रदान गर्ने चौथो उच्च सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो । त्यसअघि क्षेत्री भारतीय साहित्यलाई प्रदान गरिने सर्वोच्च पुरस्कार साहित्य अकादमी पुरस्कार र नेपालको मदन पुरस्कार गुठीबाट प्रदान गरिने जगदम्बाश्री पुरस्कार जस्ता पुरस्कारबाट सम्मानित भइसकेका थिए ।

लीलबहादुर क्षेत्रीलाई चर्चित बनाउने विधा उपन्यास हो । उनको ‘बसाइँ’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृतिमा पर्दछ । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो । त्यसैगरी उनको ‘अतृप्त’ उपन्यास पनि चर्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट