

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र महतो बलात्कार आरोपमा पक्राउ परेका छन्।
महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक महतोलाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए।
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसपी पोखरेलले बताए।
उनका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए।
त्यसपछि विवादले चर्को लिएपछि बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउसमेत गरेका थिए।