पूर्वराजा ज्ञानेन्द्र लक्षित प्रचण्डको चेतावनी- पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ-Sutra News

पूर्वराजा ज्ञानेन्द्र लक्षित प्रचण्डको चेतावनी- पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ

शुक्रबार, ३० फाल्गुन २०८१

शुक्रबार, ३० फाल्गुन २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउन चाहेको दाबी गरेका छन्।



शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमलाई संकेत गर्दै यस्तो बताएका हुन्।

‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ। मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो। भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ’, पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै प्रचण्डले भने।

२५० वर्षसम्म राजा महाराजाले देशलाई कहीं नपुर्याएको भन्दै उनले वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? भन्दै प्रश्न गरे।

‘मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?’, उनले भने, आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको?’

उनले राजावादीहरूलाई जवाफ दिन आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट