एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते-Sutra News

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

शुक्रबार, ३० फाल्गुन २०८१

शुक्रबार, ३० फाल्गुन २०८१

काठमाडौं । सर्लाहीको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छभने दुई जना घाइते भएका छन्।



बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए।

घाइते वडा नम्बर ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए।

एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नम्बर खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट