

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले षड्यन्त्र गरेर विदेशीको इसारामा माओवादी अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको आरोप लगाएका छन्।
यसअघि आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको आरोप लगाएका थिए।
‘किनभने मूर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ने ठानेको ?,’ प्रक्चंदाले भनेका छन्।
प्रचण्डको त्यस अभिव्यक्तिपछि शाहीले फेसबुकमार्फत प्रचण्डलाई विदेशीको गुलाम नबनेर अब देशका लागि नवीनतम सम्झौतामा आउन आग्रह गरेका हुन्।
‘विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईँले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईँले गर्यो । सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ, शाहीले लेखेका छन्।