अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित-Sutra News

अमेरिकाद्वारा दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१

काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ।



अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् । अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावको बीच अमेरिकाले यो कदम चालेको हो । यसअघि, फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहायता रोकेका थिए ।

अफ्रिकाको एक कानुनी व्यवस्थाअनुसार श्वेत किसानहरूको जमिन जफत गर्न सकिने उल्लेख गर्दै ट्रम्पले दक्षिण अफ्रिकालाई दिंदै आएको सहायता रोक्ने निर्णय गरेका थिए ।गत हप्ता ट्रम्पले अर्को विवादास्पद अभिव्यक्ति दिँदै दक्षिण अफ्रिकाका किसानहरूलाई अमेरिकामा बस्न स्वागत गरिने उल्लेख गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट