घाइते भएका नेइमारले ब्राजिलको विश्वकप छनोट खेल नखेल्ने-Sutra News

घाइते भएका नेइमारले ब्राजिलको विश्वकप छनोट खेल नखेल्ने

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१

साओ पाउलो । ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलमा नखेल्ने भएका छन्।



नेयमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहेका थियो तर फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए।

ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौँ स्थानमा झरेपछि डोरिभल जुनियरको प्रशिक्षणमासन् २०२३ को अक्टोबरमा उनले अन्तिम पटक ब्राजिलको प्रतिनिधित्व गरेको टोलीमा ७९ गोल गरेका थिए। उनी ब्राजिलका हालका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन्।

ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियाको सामना गर्नेछ भने त्यसको पाँच दिनपछि ब्यूनस आयर्समा प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ।

३३ वर्षीय नेयमारले दुई साताअघि १४ महिनापछि पहिलो गोल गर्दै सान्तोसका लागि खाता खोलेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट