पूर्वविशिष्टलाई दिइने सुविधा कानुन बनाएर रोक्नुपर्छ : गगन थापा-Sutra News

पूर्वविशिष्टलाई दिइने सुविधा कानुन बनाएर रोक्नुपर्छ : गगन थापा

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा र रकम दिने अभ्यास कानुन बनाएर रोक्नुपर्ने बताएका छन् । उनले राज्यकोषबाट पैसा बाँड्ने नभइ पैसा वितरण रोक्ने कानुन बनाउनुपर्ने बताएका हुन् ।



पाँचथरमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री थापाले कानुनबिना नै राज्यका पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिइँदै आएकोमा त्यसलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । पूर्वविशिष्टहरूलाई सेवा सुविधा दिनेबारे सरकारले जनतामा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

‘अहिले सरकारले के भन्नुपर्यो भने म यस्तो कानुन बनाउँछु, मैले बनाएको कानुनबाट नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सेनापति, सभामुख भइसकेको व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु,’ उनले भने, ‘त्योबाहेक राष्ट्रको ढुकुटीमा अत्यन्त ठूलो दबाब परेको छ, त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यास छ यो अभ्यासलाई कानुन बनाएर रोक्छु भन्नुपर्छ ।’ सरकारले के कानुन ल्याउन लागेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट