राप्रपाका कार्यकर्ताले जलाए प्रचण्डको तस्बिर-Sutra News

राप्रपाका कार्यकर्ताले जलाए प्रचण्डको तस्बिर

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएका छन् ।



शनिबार हेटौँडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका हुन्।

शुक्रबार प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको विषयमा सिन्धु्पाल्चोकमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर राजावादी समर्थकहरु आक्रोशित देखिएका छन् । राप्रपाको उक्त कार्यक्रममा सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताए।

उनले रोस्टममा प्रचण्डको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह प्रमुख अतिथिको रुपमा थिए। उनले पनि तस्बिर जलाउनबाट नरोकेर मौन समर्थन गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट