

काठमाडौं । सिराहाको धनगढीमाई नगरपालिका–१३ स्थित ढुङ्गाना टोलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
२७ वर्षीय हेम खड्काको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
त्यस घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्धार हुन नसकेको कारण उनलाई बचाउन नसकिएको स्थानीय विनोद मण्डलले बताए।
शव पोस्टमार्टमका लागि लहान स्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए।