दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ अझै भनिरहन्छु : प्रचण्ड-Sutra News

दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ अझै भनिरहन्छु : प्रचण्ड

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको भन्दै त्यसको छानबिन हुनुपर्ने दोहोर्याएका छन्।



शनिबार समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आएर जनताको भाषा मात्र बोलेको बताए।

उनले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भने कुरा पहिलादेखि भन्दै आएको हुँ र त्यो अझै कायम रहेको छ। जनताको भाषा मैले बोलेको हुँ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन धेरैको रगत बगेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसका विरुद्धमा कसैले गलत क्रियाकलाप गरेमा सतर्क हुन आफूहरूको कर्तव्य रहेको बताए।

‘गणतन्त्रमाथि कसैले धावा बोल्छ भने त्यसको प्रतिकार गर्ने हाम्रो कर्तव्य हो। नेपालको इतिहासमा राजतन्त्रलाई अन्त्य गरी जनताको सार्वभौमसत्ता कायम गरिएको छ जनताको सार्वभौमसत्तामाथि कसैले धावा बोल्यो भने चुप लागेर बस्दैनौँ,’ उनले भने।

उनले संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट