

आज मिती २०८१ साल चैत महिनाको ३ गते आइतबार तदनुसार मार्च महीनाको १६ तारीख सन् २०२५, चैत कृष्ण पक्षको द्वितीया तिथी, आज बिहान ६ बजेर १२ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ६ बजेर १२ मिनेटमा अस्ताउने छ ।
मेष राशी: आँटले काम बन्नुका साथै श्रमको उचित मूल्यांकन हुनाले नँया आशा जगाउनेछ। सामान्य आम्दानी हुने तर खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने सम्भावना रहेपनि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
बृष राशि: प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ। शुभचिन्तकको साथ–सहयोगले काम गर्न सकिने समय रहेको छ।
मीथुन राशि: आजको दिन सामान्य फाइदा भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मेहनतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ।
कर्कट राशि: प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुने समय रहेको छ। आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च बढ्न सक्ने सम्भावना रहेको छ ।
सिंह राशि: परिस्थितिवश विवादास्पद काममा अलमलिनुपर्ने समय रहेको छ । द्वन्द्वले फजुल खर्च निम्त्याउन सम्भावना रहनुका साथै अवसरवादीहरूले झुक्याउन सक्छन्। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला।
कन्या राशि: मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहेको छ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
तुला राशी: बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुने समय रहेको छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहने योग रहेको छ।
बृश्चिक राशि: आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्ने योग रहेकाले अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ।
धनु राशि: भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।
मकर राशि: सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ।
कुम्भ राशि: मनपर्ने वस्तु, उपहार प्राप्त हुनुका साथै नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। बिछोडिएका परिवारजनसँग रमाईलो भेटघाट हुनेछ।
र, मिन राशि: खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। उधारोमा व्यापार गर्नुपरेपनि यात्राको प्रक्रिया अघि बढ्नेछ।