शिव परियारको आवाजमा टिकाराम खड्काले ल्याए ‘मलाई जलाउँदा’ (भिडियो)-Sutra News

शिव परियारको आवाजमा टिकाराम खड्काले ल्याए ‘मलाई जलाउँदा’ (भिडियो)

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको स्वरमा मलाई जलाउँदा बोलको गीतको लिरिकल म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।



पत्रकार खड्काले आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गितमा कर्ण सञ्ज्यालको संगीत रहेको छ।

गीतमा हेमन्तकान्छा रसाइलीको सारंगी, भुवन गन्दर्भको तबला, रत्न विकको बासुरी, केशब बडूको एरेन्ज रहेको छ भने दिवाकर चौधरीले भिडियो सम्पादन गरेका छन्। खड्का न्यूज २४ टेलिभिजनमा कार्यरत छन्।

उनी सक्रिय पत्रकारीताका साथै विभिन्न पत्रपत्रिकामा फिचर समेत लेख्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट