काठमाडौंमा बढ्यो गर्मी, तापक्रम २८ डिग्री नाघ्यो-Sutra News

काठमाडौंमा बढ्यो गर्मी, तापक्रम २८ डिग्री नाघ्यो

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१
:joDe" dxfr}To / To; jl/kl/sf] afSnf] a:tL sf7df8f}F, @@ kmfu'g M cfsfzaf6 b]lvPsf] sf7df8f}Fsf] pkTosfsf] klZrddf cjl:yt ljZj;Dkbf ;"rLdf ;"rLs[t :joDe" dxfr}To / To; jl/kl/sf] afSnf] a:tL . tl:a/ M /Tg >]i7÷ /f;;

काठमाडौं । शनिबार काठमाडौंको अधिकतम तापक्रम २८.१ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २६.७ डिग्री थियो।



गत वर्ष काठमाडौंमा २५ वर्षयताकै गर्मी भएको थियो।

महाशाखाले शनिबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये धनगढी र नेपालगन्जमा सबैभन्दा बढी गर्मी छ। शनिबार धनगढी र नेपालगन्जको अधिकतम तापक्रम समान ३५.५ डिग्री सेल्सियस मापन गरिएको छ।

शनिबार जनकपुरको अधिकतम तापक्रम ३५.२, भैरहवाको ३४.५, सिमराको ३३.४, घोराहीको ३३.३, विराटनगरको ३१.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो। १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो।

सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट