संसद्मा कहिले पेस हुन्छ विवादित भूमिसम्बन्धी अध्यादेश ?-Sutra News

संसद्मा कहिले पेस हुन्छ विवादित भूमिसम्बन्धी अध्यादेश ?

शनिबार, १ चैत्र २०८१

शनिबार, १ चैत्र २०८१
file

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गर्ने बताएका छन्।



आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले केही अध्यादेश पारि गरिबी निवारण भइसकेका र अब सो अध्यादेश आवश्यकतानुसार पेस हुने बताए।

मन्त्री अधिकारीले भने, ‘सरकारले कुनै न कुनै बाटोबाट ल्याउँछ। ६० दिन पुगे पनि अरू बाटाहरू पनि छन्। राष्ट्रियसभामा बहुमत पुग्नासाथ अध्यादेश पेस हुन्छ। सरकारले गरेका कामलाई सधैं नकारात्मक दृष्ट्रिले मात्रै हेर्न हुँदैन।’

प्रमुख प्रतिपक्षी दल माओवादीसहित सत्तापक्ष जसपा नेपालसहितका दलहरूले विरोध गरेपछि सरकार यो अध्यादेश संसदमा पेश गर्नबाट पछि हटेको छ। तर, मन्त्री अधिकारीले भने सरकार गरिब तथा सुकुम्वासीको समस्या समाधानका लागि काम गर्न तत्पर रहेको भन्दै फाइदा–बेफाइदा हेरेर धारणा बनाउँदा समस्या भएको जिकिर गरे।

मन्त्री अधिकारीले सहकारीसम्बन्धी समस्या समाधानका लागि ल्याएको अध्यादेश पारित भएर कानुन बन्ने क्रममा रहेको बताए।

उनले भने, ‘सरकार सहकारीलाई नियमन गर्न लागेको छ। त्यहीअनुसार काम हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट