उच्च बिन्दुमा पुगेर घट्यो सुनको मूल्य-Sutra News

उच्च बिन्दुमा पुगेर घट्यो सुनको मूल्य

आइतबार, २ चैत्र २०८१

आइतबार, २ चैत्र २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार हालसम्मै उच्च बिन्दु प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।



शुक्रबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य घटेसँगै आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय कायम भएको महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्यमा सामान्य करेक्सन आउँदा चाँदीको मूल्य पनि घटेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

मूल्य घटेसँगै आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश २९८६ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट