वडाध्यक्षमाथि रड प्रहार-Sutra News

वडाध्यक्षमाथि रड प्रहार

आइतबार, २ चैत्र २०८१

आइतबार, २ चैत्र २०८१

काठमाडौं । सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न पुगेका एक वडा अध्यक्षमाथि रड प्रहार भएको छ । पोखरा महानगरपालिका २१ का वडाध्यक्ष दिपक सुवेदीमाथि एक पुरुषले रड प्रहार गरेका हुन् ।



आइतबार सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न गएका बेला आफूमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड हानेको वडाध्यक्ष सुवेदीले बताए ।

वडाध्यक्ष र उनीसँग गएका एकजनाले प्रतिरोध गरेकाले रडले भने लाग्न पाएन । अहिले यही विषयमा छलफल गर्न वडा समिति र सर्वपक्षीय बैठक डाकिएको सुवेदीले बताए ।

पोखराका मेयर धनराज आचार्यले यो घटनाको निन्दा गरेका छन् । घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गरेको भन्दै उनले संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै जनप्रतिनिधिलाई हातपात गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट