

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने भएको हो ।
बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा यसका साथै पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने बताइएको छ ।