ज्ञानेन्द्र शाहीप्रति रघुजी पन्तको आक्रोश : बहस गर्ने भए, इतिहास पढेर आउनु-Sutra News

ज्ञानेन्द्र शाहीप्रति रघुजी पन्तको आक्रोश : बहस गर्ने भए, इतिहास पढेर आउनु

आइतबार, २ चैत्र २०८१

आइतबार, २ चैत्र २०८१

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा राजतन्त्रवादी र गणतन्त्रवादी दलबिच टसलको अवस्था पैदा भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र अभिव्यक्तिका कारण पनि दुई पक्षबिच संसदमा समेत वादविवादको अवस्था सृजना भएको छ । आइतबार संसद्‌मा नेकपा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच सवालजवाफ भएको छ ।



आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका इतिहासबारे टिप्पणी गर्दैगर्दा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गर्न खोजेपछि केहीबेर सवालजवाफ चलेको हो ।

सांसद पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले आपत्ती जनाएपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे। तर, सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह गरे। आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए। उनले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए। पन्तले भने, मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस्। मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।

उनले नेपालको संविधानले राजतन्त्र नचिन्ने बताए। उनले भने, ‘अहिले संविधानले राजतन्त्र चिन्दैन। त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन। राजतन्त्र इतिहासको विषय भइसक्यो।’ उनले राजतन्त्र ल्याउने संघर्षका लागि सडकमा उत्रिने वातावरण नबनाउन चेतावनी समेत दिए।

सांसद पन्तले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानुन बनाउन खोजिएको विषयमा भएका चर्चाको मन्त्रीहरूले सदनमा जवाफ दिनुपर्ने बताए। जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरूलाई सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए। उनले अहिलेको अवस्थामा मन्त्रीहरु फेर्ने अवस्था आएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट