सरकारका प्रधानमन्त्री र मन्त्रीहरु असफलसिद्ध : सांसद सुवेदी-Sutra News

सरकारका प्रधानमन्त्री र मन्त्रीहरु असफलसिद्ध : सांसद सुवेदी

आइतबार, २ चैत्र २०८१

आइतबार, २ चैत्र २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद एवं संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु असफलसिद्ध भइसकेको टिप्पणी गरेकी छिन्।



आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको टिप्पणी गरेकी हुन्। उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप समेत लगाइन्। उनले सरकार विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दोडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको आरोप लगाइन्।

उनले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा छानविन नगरि सत्ताको चरम दुरुपयोग गरिएको बताइन्। आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानितानि फसाउने सरकारको हर्कतका कारण नागरिकहरुमा निराशा छाएको टिप्पणी गरिन्।

उनले भनिन्, ‘रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैंले गरेको मूल्याङ्कनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरु असफलसिद्ध भएका छन् । सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ । विद्युत प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको छ । ताप्लेजुङको मुकुम्लुङमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जि उडाएको छ र व्यापारिको पक्षपोषणमा उद्दत भइरहेको छ । आन्दोलनरत पक्षसँग छलफल गरि समस्या समाधान गर्न लागिरहेको छैन । सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरुमा कुनै छानविन हुदैन । सहकारी ठगी र मानव बेचबिखनमा जोडिएको सर्लङ्ग हुँदाहुँदैपनि अनुसन्धान गरिदैन । सत्ताको दुरुपयोग गरि जोगाइन्छ । आफ्नालाई छानि छानि जोगाउन र विपक्षीलाई तानि तानि फसाउने हर्कतका कारण नागरिकहरुमा निराशा छाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट