

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) सांसद ज्ञानबहादुर शाहीले १६ वर्षमा १४ वटा सरकार फेरिएर कयौँले मन्त्री बन्ने अवसर पाएको उल्लेख गर्नुहुँदै अहिले संसद्मा भाषण गर्ने धेरैका छोराछोरी अमेरिका र युरोपमा पढिरहेको दाबी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्रीको आवश्यकता रहेको बताए।
‘मदन भण्डारीको हत्या कसले गरेको हो किन पत्ता नलगाएको ? भण्डारीका हत्यारा पत्ता लगाउँछु भन्ने नेता अहिले र पटकपटक प्रधानमन्त्री बन्नुभयो तर हत्यारा किन पत्ता लागेन ? पैतृक सम्पत्तिमा लाभकर लिने यो कस्तो व्यवस्था हो ?, सांसद शाहीले प्रश्न गरे।
वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको उनले बताए। गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्