

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र प्रदर्शनिका समयमा काँटछाँट एवं प्रतिबन्ध लगाउने कामको विरोध गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सेन्सर बोर्डमा कला बुझेको सदस्य नियुक्त गर्न माग गरेका हुन्।
उनले सेन्सरविरुद्ध चलचित्रकर्मीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको बताए।
‘राजा भन्ने शब्द सुन्नेबित्तिकै सरकारलाई डर लाग्छ कि के हो ?’, उनले भने, ‘सेन्सर बोर्डमा राजनीतिक नियुक्ति हटाइ चलचित्रकला बुझ्ने व्यक्तिलाई नियुक्ति गर्नुपर्छ।’
सांसद शाहले चलचित्र ‘राजागञ्ज’ को सेन्सरप्रति आपत्ति जनाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिकरूपमा बोलेको भाषणलाई कुरालाई समेट्दा काटछाँट गरेको जिकिर गरे।